आजबाट डब्लूएचओको क्षेत्रीय बैठक काठमाडौंमा सुरु



Download our app to get more features

काठमाडौं,२१ भदौ । आजबाट विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको  बैठक काठमाडौंमा सुरु भएको छ ।

उक्त बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ।

यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

बैठक आज बिहान ९ः४५ बजेबाट सुरु भएको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति रहनेछ ।

डब्लूएचओको यो बैठक ७४औं बैठक हो । बैठक भदौ २५ गतेसम्म चल्ने बताएको छ । 

Last modified on 2021-09-06 13:27:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts