प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भयो डब्लूएचओको क्षेत्रीय बैठक



Download our app to get more features

काठमाडौं, २१ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको बैठक सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार  बैठकको अध्यक्षता नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

भर्चुअल माध्यमबाट आजदेखि काठमाडौंमा बैठक सुरु भएको हो । बैठकमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीज्यूहरू सहभागी छन् ।

त्यस्तै  विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारी पनि बैठकमा सहभागी रहेको छ । 

साथै संयुक्त राष्ट्र संघका एजेन्सीहरू, विकास साझेदारहरू, दात्री निकाय तथा नागरिकसमाजका प्रतिनिधिहरू पनि बैठकमा सहभागी छन् ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुने बताएको छ । 

यसैगरी  स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

Last modified on 2021-09-06 13:47:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts