बीपी प्रतिष्ठानमा झडप,उपकुलपतिको कार्यालय तोडफोड



Download our app to get more features

काठमाडौं, २१ भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडप भएको छ । 

प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेका छन् । स्वास्थ्यकर्मीले काम छाडेर आन्दोलन गरेको भन्दै  लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका छन् ।

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा गएका हुन् ।

Last modified on 2021-09-07 06:54:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts