विश्व फिजियोथेरापी दिवस

फिजियोथेरापी किन आवश्यक छ ? जानौं



Download our app to get more features

आज विश्व फिजियोथेरापी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । फिजियोथेरापी दुई शब्दबाट बनेको छ फिजियो र थेरापी । फिजियो भन्नाले फिजिकल र थेरापी भन्नाले ट्रीट्मेन्ट(उपचार) हो । फिजियोथेरापी भनेको मेडिकल साइन्सको ब्रान्ड हो । जसमा अर्थो, काडिर्यो, न्युरो, जेराटिक (बुढेसकालमा लाग्ने धेरै किसिमका नशा सम्बन्धी समस्या) बालबालिकामा हुने मानसिक समस्या, बालबालिकाको मानसिक विकासमा भइरहेको ढिलाइको उपचार हुने बताउँछन् फिजियोथेरापिस्ट डा. अनिलकुमार महतो । डा. महतोका अनुसार यस पद्धतिबाट उपचार गर्दा निम्न फाइदा हुन्छन् :—

साइड इफेक्ट हुँदैन 
फिजियोथेरापीको फोकस भनेकै साइड इफेक्टविनै उपचार गर्ने हो । बिरामीलाई केमा कन्फिडेन्ट गराउन सकिन्छ भने ५ दिन, १० दिन फिजियोथेरापी गर्दा साईड इफेक्ट हँुदैन । तर, डाक्टरको सल्लाह विनै लामो समयसम्म फिजियोथेरापी गर्ने हो भने त्यसले असर गर्छ । 

कस्तो व्यक्तिले फिजियोथेरापी गर्ने ? 
रोग नलागेको ब्यक्तिलाई पनि फिजियोथेरापी आवश्यक पर्छ । रोग लागेको वा कुनै समस्याबाट ग्रसित व्यक्तिलाई त अवश्यक पर्ने नै भयो । वाथ रोगका कारण जोर्नी खिएको, नशामा समस्या भएका, मुख बाँगिने समस्या भएका, हात खुट्टा नचलेका मानिसले फिजियोथेरापी गर्ने सक्छन् । यस्तै गर्भवति महिलाले पनि फिजियोथेरापी गरेमा पछि सहजै बच्चा जन्मन्छ । 

फिजियोथेरापीका यस्ता छन् प्रभावकारिता
केही अघिसम्म फिजियोथेरापी प्रयोग गर्ने मानिस धेरै कम थिए । कतिपयले त फिजियोथेरापीलाई विश्वास पनि गर्दैन थिए । फिजियोथेरापीबाट उपचार गर्दा ढिलो हुने भएकाले पनि उनीहरूले विश्वास नगरेका हुन सक्छन् । 

तर, अहिलेको अवस्था त्यस्तो छैन । औषधि खाने, सुई लागाउने जस्ता गतिविधिबाट मानिसहरु दिक्क भइसकेका छन् । ‘मलाई फिजियोथेरापी गर्नु प¥यो भन्दै बिरामीहरू आउन थालेका छन् । 

सामान्य मानिसको बुझाईमा मसाज, सेराजिनलगायत नै फिजियोथेरापी हो । तर फिजियोथेरापी यत्तिमा सिमित छैन् । जनचेतनाको कमीका कारण फिजिथेरापीको वास्तविक परिभाषा नै आममानिसले बुझेका छैनन् । 

फिजियोथेरापी चिकित्सा विज्ञानको एक शाखा हो । जसमा बिरामीलाई कुनै शारीरिक पीडा महसुस हुन नदिई बाहिरी विधिबाट उपचार गरिन्छ । इलेक्ट्रोथेरापी, इलेक्ट्रो मोरालिटी, तातो र चिसोको थेरापी, हातको माध्यमबाट गरिने विभिन्न उपचार विधि फिजियोथेरापी अन्तर्गत पर्छ । यस्तो विधिले ढाडको समस्या, नसा च्यापिएको, प्यारालाइसिसलगायतमा राहत मिल्नुको साथै समस्या समाधान हुन्छ । फिजियोथेरापीले असामान्य मानिसलाई सामान्य जीवनतर्फ लैजाने काम गर्छ । उपचारपश्चात बिरामीले नयाँ जीवनको महसुस गर्ने गर्छ । 

यसकारण आवश्यक छ फिजियोथेरापी :
करिब दश वर्ष पहिलेसम्म फिजियोथेरापीसम्बन्धी ज्ञान नै थिएन । तर एलोपेथिक चिकित्सा विधिले निको हुँदैन भनेका बिरामी पनि फिजियोथेरापी पश्चात् सामान्य जीवनमा फर्किएको इतिहास हामी समक्ष थियो । हामी यही विश्वासमा निरन्तर लागिरहेका छौं । यही कारण अहिले सामान्यदेखि जटिल दुखाई हुँदासम्म मानिसको पहिलो रोजाई फिजियोथेरापी हुन थालेको छ । काठमाडौं बाहिरका मानिसमा समेत फिजियोथेरापीसम्बन्धी चेतना बढाउन स्पार्क हेल्थ होम हस्पिटलले शाखा विस्तार गरेको छ । जनस्तरमा यसको चेतना बढाउन विभिन्न प्रकारका कार्यक्रम गर्दै आइरहेको छ । विश्वमा सर्ने रोगहरूको भन्दा नसर्ने रोगको प्रकोप भयावह बन्दै गइहेको छ । नसर्ने रोगबारे अझै पनि मानिसमा चेतनाको कमी छ । काम तथा आराम गर्ने तरिकाबारे जानकारी नहुनाले मानिसमा ढाड दुख्ने, नसा च्यापिने जस्ता समस्या बढिरहेको छ । 

Last modified on 2021-09-08 11:24:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts