नाम्खामा आँखा उपचार केन्द्र स्थापना हुने



Download our app to get more features

सिमकोट, २४ भदौ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। काठमाडौँको तिलगंगा आँखा अस्पतालको सहयोगमा उक्त केन्द्र स्थापना हुने लागेको बताइएको छ । 

आँखा उपचार केन्द्रको लागि तिलगंगाले आवश्यक जनशक्ति, उपकरण र अन्य सामग्रीसमेत सहयोग गर्नेछ।

गाउँपालिका र तिलगंगाबीच आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। सोही सम्झौतापछि गाउँपालिकास्तरमा आँखा उपचार केन्द्र खोल्ने बाटो खुलेको उनले स्पष्ट पारे।

गाउँपालिका अध्यक्ष लामाका अनुसार तिलगंगाले हाललाई एकजना नेत्र सहायक र केन्द्रका लागि उपकरण तथा आवश्यक सामग्री सहयोग गर्नेछ।

दुईपक्षीय सम्झौतामा गाउँपालिका अध्यक्ष लामा र तिलगंगाको तर्फबाट डा. रीना थापाले हस्ताक्षर गरेका छन् ।

गाउँपालिका अध्यक्षले केन्द्रको लागि आवश्यक जनशक्ति पूर्ति गर्न चाँडै नेत्र सहायक पदका लागि विज्ञापन खोल्ने जानकारी दिए । 

सबै तयारी गरेर आगामी असोज १८ गतेबाट उपचार केन्द्र सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । 

केन्द्र सञ्चालनमा आएपछि स्थानीयल सहज रुपमै आँखाको उपचार पाउने विश्वास गरिएको छ। नाम्खा आँखा उपचार केन्द्र पाउने हुम्ला जिल्लाकै पहिलो गाँउपालिकासमेत बनेको छ।

Last modified on 2021-09-09 15:33:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts