सुदूरपश्चिममा भाइरल ज्वरोका बिरामी बढ्दै



Download our app to get more features

काठमाडौं, २७ भदौ । सुदूरपश्चिम प्रदेशमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षण देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् ।

कोरोना महामारीका बिच देखिएको भाइरल ज्वरोको संक्रमणले थप सास्ती भएको छ । मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । कैलाली, डोटी, बैतडी, बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा समेत यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts