सरकारले फाजिलमा रहेका स्थायी कर्मचारीलाई कोभिड प्रतिकार्यमा खटाउने



Download our app to get more features

काठमाडौं,३० भदौ । सरकारले फाजिलमा रहेका स्थायी कर्मचारीलाई कोभिड प्रतिकार्यमा खटाउने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै फाजिलमा रहेका कर्मचारीलाई कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षकका रुपमा खटाउने  जनाएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फाजिलमा रहेका कर्मचारीलाई सात दिनभित्र रीतपूर्वक दरखास्त दिन आह्वान गरेको छ ।

जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी पदपूर्ति समितिको मंगलबार बसेको बैठक अनुसार महाशाखाले ७ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

फाजिलमा रहेका कर्मचारीले फाजिलमा रहेको कागजपत्र र जनस्वास्थ्य विषयमा स्नातक गरी काउन्सिल दर्ता प्रमाणपत्र बुझाउनु पर्ने छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts