महिला पत्रकारका लागि निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौँ, २३ साउन । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले ‘सन्डे क्लब’ अन्तर्गत आज पत्रकार महिलाका लागि निःशुल्क स्त्री तथा प्रसूति रोगसम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरेको छ । 
बयोधा अस्पताल, बल्खुको सहयोगमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा मीरा हाडाले राजधानीको विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेकी हुन् ।  दुई दिने सो शिविरमा आज २५ जनाले परीक्षण गराएका थिए । सो अवसरमा डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाबिन्दु तुलाधरले भनिन् , “सधैँ अर्काकै समाचारका लागि हिँड्नुपर्ने महिला पत्रकारका आफ्ना पनि स्वास्थ्य समस्या हुन्छन् । त्यसमा पनि पाठेघरको समस्या जो सुकैलाई पनि हुन सक्ने भएकाले यस पटक महिला पत्रकारका लागि मात्र भनेर स्त्री तथा प्रसूतिसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम गरेका हौँ ।” 
सो अवसरमा विशेषगरी पाठेघरको मुखको क्यान्सर छ कि छैन भनी गरिने ‘प्याप स्मेयर’ परीक्षण, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने लगायतका समस्याको परीक्षण गरिएको थियो । अस्पतालले सो शिविरका लागि यी परीक्षणमा ४० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । रासस/फाइल फोटो

Last modified on 2016-08-07 16:14:25

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts