सरकारले आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदै



Download our app to get more features

काठमाडौंं, ४ असोज । सरकारले आजदेखि भेरोसेल खोप लगाउने भएको छ ।

शुक्रवार चीनबाट खरिद गरी ल्याइएको ४४ लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप आजबाट लगाउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १ सय ४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने बताएको छ ।

कार्यालयले असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन पहिलो मात्रा लगाएका सबैलाई आग्रह गरेको छ । साथै पहिलो मात्रा लगाएको खोप कार्डपनि अनिवार्य लिएर जान भनेको छ ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा ९, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र कागेश्वरी मनहरामा ९÷९ खोपवटा केन्द्र तोकिएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

Last modified on 2021-09-20 12:42:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts