४७ जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य,आज थप ८ जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं, ४ असोज । नेपालमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३ सय २३ रहेको छ । जसमा २० हजार ८ सय ९१ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सक्रिय संक्रमितमध्ये ३ सय ७१ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८ जना भेन्टिलेटरमा भर्ना भएका छन् । देशभर हाल ४७ वटा जिल्लामा कोरोनाका  सक्रिय संक्रमित संख्या शून्य रहेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर २२ हजार ९ सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । योसँगै कोरोना विरुद्धको दुबै डोजको खोप लगाउने संख्या ५५ लाख ८८ हजार ५ सय १७ पुगेको छ । 
 

Last modified on 2021-09-21 06:49:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts