विश्व अल्जाइमर्स दिवस

बुढेसकालमा धेरैलाई सताउने 'अल्जाइमर्स' रोग के हो ? जानौं



Download our app to get more features

आज विश्व अल्जाइमर्स दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष २१ सेम्टेम्बरमा यो दिवस मनाउने गरिएको छ । 

अल्जाइमर्स एक प्रकारको अपूरणीय (ठीक पार्न नसकिने) मश्तिष्कको रोग हो । जसले मश्तिष्कको कार्य क्षमतालाई नष्ट गरिदिने वा त्यसमा ह्रास उत्पन्न गराएर मानिसको सोचाई तथा स्मरण शक्ति र व्यवहारमा समस्या उत्पन्न गराउँछ । यसैलाई अल्जाइमर्स भनिन्छ ।  

लक्षण
हल्का खालको 

लक्षण बारम्बार बिर्सनु, कहीँ कतै हराउनु, दैनिक क्रियाकलाप सम्पन्न गर्नमा बाधा उत्पन्न हुनु, मनमा प्रश्नहरु दोहोरिनु, मनस्थिति र व्यक्तित्वमा ह्रास आउनु । 

मध्यम श्रेणीको लक्षण                                 
स्मरणशक्ति हराउनु, बारम्बार दोधारमा परिरहनु, आफ्नो परिवा वा साथीभाइलाई समेत चिन्न गाह्रो हुनु, कुनै करा सिक्न, पढ्न, लेख्नमा कठिनाई हुनु, दैनिक क्रियाकलाप गर्नमा समस्या हुनु । 

गम्भीर खालको लक्षण   
स्मरणशक्ति एकदमै कमजोर हुनु, बोलीमा रोकावट आउनु, शब्दहरु उच्चारण गर्न नसक्नु वा कुराकानी गर्न नसक्नु, आफ्नो शरीर सम्हाल्न नसक्नु, शरीरमा स्थिरता नहुनु र थला पर्नु, आदि । 

चेतावनीमुलक सङ्केत

  • स्मरण शक्तिमा परिवर्तन 
  • समस्या सुल्झाउन नसक्नु 
  • सामान्य काम पनि गर्न गाह्रो हुनु या नसक्नु  
  • बारम्बार दोधारमा परिरहनु लेख्न र बोल्नमा समस्या आउनु
  • निर्णय क्षमतामा कमि आउनु  
  • सामाजिक गतिविधिबाट टाढा भाग्नु 

किन हुन्छ अल्जाइमर्स रोग ? 
मश्तिष्कका कोषिकाहरु नाश हुँदै जाँदा यो रोग उत्पन्न हुन्छ । एमिल्वाइड प्लाक र ताउ ट्रयाङ्गल्स् भनिने प्रोटिनहरु मश्तिष्कमा अस्वाभाविक र अत्याधिक रुपमा जम्मा हुनाले । त्यसखाले प्रोटिन जम्मा हुँदा मश्तिष्कमा अस्वाभिक असर पर्न गइ अल्जाइमर्स रोग हुन्छ । 

कुन अवस्थामा हुन्छ ? 
६० वर्षभन्दा माथिको उमेर समुहलाई वंशानुगत कारणबाट अल्जाइमर्स हुन्छ । यो पुरुषको तुलनामा महिलामा अधिक हुने गर्दछ । विगतमा टाउकोमा चोटपटक लाग्नाले पनि अल्जाइमर्स रोग हुन्छ ।  

जीवन शैली र मुटुजन्य स्वास्थ्य : शारीरिक व्यायाममा कमी, उपयुक्त र पौष्टिक आहारमा कमी, धुम्रपान, उच्च रक्तचाप, रक्तकोलस्ट्रोल र रगतमा चिनीको मात्रा बढि हुनाले पनि अल्जाइमर्स रोग निम्त्याउँछ ।   

अल्जाइमर्स रोग कसरी थाहा पाउने ?  

  • विशेषज्ञ स्नायुरोग चिकित्सकबाट बिरामीको परीक्षण गराएर  
  • मानसिक र स्नायुसम्बन्धी जाँचहरु गराएर 
  • मश्तिष्कको सीटी स्क्यान, एमआरआई गराएर र अन्य साधारण रगत वा पिसाव जाँच गराएर । 

उपचार कसरी गर्ने ?  

  • औषधिहरुको प्रयोग गर्ने बिरामीलाई राम्रो हेरचाह गर्ने वातावरण बनाउने 
  • नियमित शारीरिक व्यायाम गराउने नियमित पौष्टिक आहारको सेवन गराएर, आदि ।

बिरामीले कसरी ध्यान पुर्याउने ?

  • विशेषज्ञ चिकित्सकसँग नियमित सम्पर्कमा बस्ने र सल्लाह लिने । 
  • औषधि उचित समयमा सेवन गर्ने । सन्तुलित स्वस्थ भोजन गर्ने । नियमित शारीरिक व्यायाम र आराम गर्ने ।  
  • धुम्रपान र मद्यपानबाट टाढा बस्ने ।  

अल्जाइमर्स रोगीलाई कसरी हेरचान गर्ने ?  

  • बिरामीप्रति लचिलो, सहनशील र नम्र व्यवहार  दर्शाएर  । बिरामीको मनोभावनाप्रति सही तरिकाले कदर गर्ने ।
  • रिसराग र असभ्य व्यवहार प्रदर्शन नगर्ने ।  
  • रोगीसँग वादविवाद नगर्ने र तिनलाई विश्वस्त पार्ने प्रयास नगर्ने । बिरामीको चासोमा उचित प्रतिक्रिया दिने ।  
  • बिरामीको व्यवहारलाई व्यक्तिगत रुपमा नलिने     
     
Last modified on 2021-09-21 08:23:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts