झापामा चिया बगानका मजदुरलाई एस्ट्राजेनिक खोप



Download our app to get more features

झापा, ८ असोज ।  मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन् । 

मेचीनगर नगरपालिका ८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताए ।

बगान मजदुर तोकिएका खोप केन्द्रमा नआएकाले बिहीबार बगानमै स्वाथ्यकर्मी पठाइएको उनले बताए ।  दैनिक ज्याला गर्ने मजदुरमा कोभिड १९को  संक्रमण  बढी हुनसक्ने भएकाले  मेचीनगर १५ को वैभव र कालिका चिया बगान तथा ,नगरक्षेत्रका डेरी उद्योग र सहकारीका कर्मचारीका लागि एक हजार ५०० खोपको मात्रा छुट्याइएको नगर प्रमुख आचार्यको भनाइ थियो । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार यसअघि नगरका उद्योगी, व्यवसायी, साना तथा हलुका सवारी साधनका चालक, विद्यार्थीलगायतलाई खोप लगाइएको थियो ।

नगरपालिकाले आइतबारदेखि  वडास्तरीय खोप अभियान शुरु गर्ने भएको छ । अभियानमा यातायात व्यवसायी, खेलाडी, क्यासिनो, होटलमा कार्यरत मजदुर, व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरसा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई प्राथमिकतामा राखेको जनाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts