बाह्रौं तह बढुवाका लागि स्वास्थ्य मन्त्रालयद्धारा १५ दिने सूचना जारी 



Download our app to get more features

काठमाडौं,१० असोज ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवाका लागि सूचना जारी गरेको छ । 

मन्त्रालयले १५ दिने सूचना जारी गर्दै ११औं तहका कर्मचारीलाई बढुवाका लागि विवरण बुझाउन भनेको हो । 

आइतबार सार्वजनिक सूचना जारी गर्दै  २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूर भएका ११औं तहका अधिकृत कर्मचारीले बढुवासम्बन्धी विवरण मन्त्रालयमा १५ दिनभित्र दर्ता गराउन आग्रह गरेको छ । 

मन्त्रालयले १२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो ।

Last modified on 2021-09-27 07:18:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts