हालसम्म ९६ प्रकारका औषधि बाहेक अन्यको मूल्य निर्धारण गरिएको छैन : विभाग



Download our app to get more features

काठमाडौं, १२ असोज । सरकारले हालसम्म ९६ प्रकारका औषधि बाहेक अन्यको मूल्य निर्धारण नगरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभिन्न सञ्चार माध्यममा औषधिको मूल्य निर्धारण सम्बन्धी गलत र भ्रामक समाचार आएको भन्दै विभागले प्रेस विज्ञप्ति जारी गरी हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको जनाएको हो ।

विज्ञप्तिमा हालसम्म विभिन्न ९६ प्रकारका औषधिहरुको २०७२ साल साउन १८ मा नेपाल राजपत्रमा प्रकाशित गरी तथा २१ प्रकारका औषधिहरुको प्रक्रिया पुरा गरी मूल्य निर्धारण गरिएको  उल्लेख गरिएको छ । 

सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य स्वयं उत्पादकहरुले नै निर्धारण गर्ने गरेको र त्यस्ता औषधिहरुको सिफारिस तथा प्रमाणपत्रहरुको नवीकरण गर्दा अधिकतम खुद्रा मूल्य वृद्धि भएको अवस्थामा साबिकको अधिकतम खुद्रा मूल्यमा १० प्रतिशतभन्दा बढी नबढ्ने गरी नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गरिएको विभागले जनाएको छ। 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts