विदेशमा एमबीबीएस गरेकालाई नेपालमै इन्टर्नसीपका लागि आवेदन माग



Download our app to get more features

काठमाडौं,१३ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गराउनका लागि आवेदन माग गरेको छ । 

शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै २०१५ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गर्नका लागि आवेदन माग गरेको हो । 

सूचनामा असोज २२ गतेसम्म आवेदन दिनका लागि आग्रह गरिएको छ ।  विद्यार्थीले शिक्षा मन्त्रालयको सूचना लिंकमा गएर आवेदन दिन सक्ने छन् ।

चीन तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले कोभिडका कारण इन्टर्नसिप गर्न नपाएपछि नेपालमा नै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् । 

Last modified on 2021-09-29 11:37:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts