नेपालमा हालसम्म १ करोड बढी कोरोनाविरुद्धको खोप प्राप्त 



Download our app to get more features

काठमाडौं, १३ असोज । नेपालमा हालसम्म १ करोड बढी कोरोनाविरुद्धको खोप प्राप्त भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म १ करोड ७८ लाख ५८ हजार ७ सय १० डोज प्राप्त भएको हो । 

मन्त्रालयले जारी गरेको तथ्यांकमा हालसम्म कोरोनाविरुद्धको कोभिशिल्ड खोप २४ लाख ४८ हजार, आस्ट्राजेनेका १९ लाख ७५ हजार ८ सय ६० प्राप्त भएको छ । 

त्यस्तै जोनसोन एण्ड जोनसोन खोप १५ लाख ३४ हजार ८ सय ५० र भेरोसेल खोप १ करोड १९ लाख प्राप्त भएको छ । 

Last modified on 2021-09-29 13:58:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts