लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा ढकाल नियुक्त



Download our app to get more features

रुपन्देही, १५ असोज । लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा.इन्द्र ढकाल नियुक्त भएका छन् । 

बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा.राजेन्द्र खनाललाई हटाएर डा.इन्द्र ढकाललाई नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा.ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिइएको छ ।

डा.खनाललाई भने कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । 

यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts