लामो समयसम्म ग्याजेट्स प्रयोग गर्दा बालबालिकामा कस्ता असर पर्छन् ? यसो भन्छन् डा.ढकाल



Download our app to get more features

काठमाडौं । हामी सबै यतिबेला कोरोना महामारीको चरणमा छौं । हालसम्मपनि कोरोना महामारी कायमै रहेका कारण सबै सतर्क र सचेत रहनुपर्छ । कोरोनाका कारण सबै क्षेत्र ठप्प हुँदा सबैभन्दा बढी प्रयोगमा आएको प्रविधि हो । जसका लागि हामीले मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट जस्ता ग्याजेटहरुको प्रयोग धेरै मात्रामा गर्न थालेका छौं । 

महामारीको समयमा यस्ता ग्याजेट्सहरूको प्रयोग सबैले गरिरहेका छन् । तर, सबैभन्दा बढी बालबालिकाहरूले यसको प्रयोग गर्ने गरेको पाइन्छ । कारण, विद्यालय बन्द हुँदा पढ्नको लागि र अभिभावक व्यस्त हुँदा बच्चालाई भुलाउनका लागि ग्याजेट्स दिने परम्परा बन्न थालेको छ । जसले गर्दा उनीहरूको शारीरिक, मानसिक लगायत हरेक अवस्थामा विभिन्न खालका असरहरु परिरहेका छन् । 

पछिल्लो समय विश्वको तथ्याङ्क हेर्ने हो भने २४ घन्टामा ७ घन्टा बालबालिकाहरूले ग्याजेट्सको प्रयोग गर्ने गरेको देखिन्छ । 

ग्याजेट्स भनेको के हो ?
ग्याजेट भन्नाले हामिले कम्युटर, मोबाइल फोन, टेलिभिजन आदि भन्ने बुझिन्छ । 

बालबालिकालाई कसरी चलाउन दिने ग्याजेट

२ वर्षसम्मका बालबालिकालाई ग्याजेट प्रयोग गर्न दिनु हुँदैन । त्यसबेला बालबालिकाको दिमाग विकास भइरहेको हुन्छ । त्यसैले यो बेला ग्याजेट्स प्रयोग गर्दा त्यहाँबाट आउने रेडिएसनले उनीहरूको आँखा र दिमागमा असर पार्न सक्छ । 

२ देखि ५ वर्षसम्मका बालबालिकाले २४ घन्टामा १ घन्टा मात्र ग्याजेट प्रयोग गर्न मिल्छ । 

५ वर्षभन्दा माथिका बालबालिकाले २४ घन्टामा २ घन्टा मात्र ग्याजेट प्रयोग गर्न सक्छन् । 

धेरै ग्याजेट्स प्रयोग गर्दा कस्ता असर पर्छन् :

१.शारिरीक असर 
ग्याजेटमा धेरै बस्दा बालबालिकाको तौल बढ्न सक्छ । तौल बढ्दा प्रेसर, सुगर जस्ता समस्याहरु देखिने गर्छ । त्यस बाहेक हाडजोर्नी समस्या, ढाड दुख्ने, घाँटी दुख्ने, जोर्नीहरु दुख्ने, सुन्निने जस्ता समस्याहरु देखिन सक्छन् । 

२. मानसिक समस्या
ग्याजेट प्रयोग गर्दा बालबालिकामा एकाग्रता नहुने ।
नयाँ कुरा सिक्ने कुरामा कमी हुने ।
अभिभावकले भनेको कुरा नमान्ने । 
धेरै रिसाउने ।
धेरै दुर्व्यहारमा पर्ने ।
एन्जाइटी, डिप्रेसन र सुसाइड टेन्डेन्सी हुने ।

३.आँखामा असर 
टाउको धेरै दुख्ने ।
आँखा धेरै चिलाउने ।
हेर्न गाह्रो हुने ।
आँखा दुख्ने ।
टाढा वा नजिकको कुराहरु नदेख्ने । 

धेरै ग्याजेट चलाउनबाट बालबालिकालाई कसरी रोक्ने 

२ वर्ष मुनिका बालबालिकालाई ग्याजेट चलाउन नै नदिने ।
२ वर्ष माथि र ५ वर्ष मुनिका बालबालिकालाई २४ घन्टामा १ घन्टा मात्र चलाउन दिने ।
५ वर्ष माथिका बालबालिकालाई २४ घन्टामा २ घन्टामात्र चलाउन दिने ।
बालबालिकालाई आफ्नै घर वरिपरि खेल्ने वातावरण बनाउने । 
अभिभावकले पनि ग्याजेटहरु कम मात्रामा चलाउने ।
घरभित्र नै बालबालिकालाई अन्य क्रियाकलाप गर्न लगाउने ।

आँखामा हुने ग्याजेटको असरलाई कसरी कम गर्ने :
कम्युटरहरु आँखाको लेभल भन्दा १५ देखि २० डिग्रीमा तल राख्ने ।
हरेक २० मिनेटमा २० सेकेन्ड २० फिटको डिस्टाडमा हेर्ने । 
आँखाहरु झिम्काइरहने ।

हेरौ भिडियोमा :

Last modified on 2021-10-02 06:22:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts