लुम्बिनीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी इन्द्रजित थारुलाई



Download our app to get more features

रुपन्देही, २२ असोज । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी इन्द्रजित थारुले पाउने भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै थारुलार्ई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिन लागेका हुन् । उनी दाङ क्षेत्र नं. १ वाट निर्वाचित सांसद हुन् ।

तत्कालिन मुख्य मन्त्री शंखर पोखे्रलले बैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेका थिए । बैसाख ६ गते पहिलो पटक स्वास्थ्य मन्त्रालय स्थापना गरीएपछि लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री परिवर्तन भएका थिए । 
लुम्बिनी प्रदेशमा थारु चौथो स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा शुक्रबार शपथ खादैछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts