नाकबाट रगत किन बग्छ ?

What's This?


Download our app to get more features

नाक शरीरको ओठ भन्दा माथिल्लो भागमा रहेको हुन्छ । झट्ट हेर्दा दुइवटा प्वाल रहेको नाकको संरचना भित्र भने यसको बनावट जटिल छ । यसकारण पनि हामी धेरैलाई नाकमा के कस्तो समस्या आउँदा बिरामी हुन्छौं भन्ने सामान्य जानकारी पनि नहुन सक्छ । 

नाकको मुख्य काम श्वासप्रश्वास र गन्ध थाहा पाउनु हो । नाकको भित्री भागमा मसिना रौंहरु हुन्छन्, जसले वातावरणको हावालाई छानेर फोक्सो हुँदै शरीरमा प्रवाह गर्छ । नाकमा कुनै समस्या देखिएमा नाकको भित्री भाग र आँखी भौंसमेत दुख्न सक्छ । 

गर्मी मौसम सुरु भइसकेको छ । गर्मी बढेसँगै मौसमी तापक्रम पनि दिनानुदिन वृद्धि भइरहेको छ । साथै वातावरण प्रदुषण र धुलो धुवाँ पनि उत्तिकै देख्न सकिन्छ । तापक्रम वृद्धि र धुलो धुवाँका कारण नाकबाट रगत बग्ने समस्या देखापर्छ ।

]यसलाई आम भाषामा नाथ्री फुटेको भनिन्छ । सामान्यतया गर्मी समयमा बढी नाथ्री फुटेपनि जुनसुकै समयमा नाथ्री फट्नु अन्य रोगका लक्षण पनि हुन सक्छ । सामान्य कारणले नाकबाट रक्तश्राव भएमा रगत बन्ने कम हुँदै जान्छ तर, अन्य कारणले रक्तश्राव भएमा नाकबाट रगत धेरै बग्न सक्छ । जसका कारण व्यक्तिको मृत्यु समेत हुनसक्छ । 

नाकमा सिँगान जम्नु, नाकबाट पिप बग्नु, सिगानसँगै रगत बग्नु र कहिलेकाहीँ नाकबाट रगत मात्रै पनि बग्ने समस्या हुन सक्छ । नाकबाट रगत बग्ने धेरै कारण हुन सक्छ ।

बालबालिकामा नाकभित्र औलाले कोट्याउनु तथा बाह्य बस्तुले घोच्नु, ठोकिनु जस्ता कारण हुन्छन भने चोटपटकले पनि नाकबाट रगत आउन सक्छ । नाकमा बाहिरी वस्तु छिर्नु, उच्च रक्तचापका कारण नसा फुट्नु, दमको समस्या हुनु, गर्मीको समयमा पानी कम खानु, नाकमा संक्रमण हुनु तथा नाक सुख्खा भइरहने जस्ता कारणबाट पनि नाकबाट रगत बग्ने समस्या देखापर्छ । 

नाकबाट अत्याधिक रगत बगेमा शरीरमा रगतको कमी हुने, आँखा धमिलो देख्ने, टाउको झमझमाउने जस्ता समस्या आउँछ । फोहोर हात नाकमा नराख्ने, नाकको सरसफाइमा ध्यानदिने, जस्ता व्यवहार अपनाउनु पर्छ । नाकबाट रक्तश्राव भइरहेमा बिरामीलाई उत्तानो सुताउने र रक्तश्राव कम नभएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । 


डा. गुप्तासँगकाे कुराकानीमा आधारित 

Hamro Doctor
Last modified on 2016-08-09 17:29:03

1 Comments

  1. Balaram Danuwarha on Tue, Aug 16 2016 10:14 PM

    k ma uha sang vetna sakchhu hola,kun thau ma vet hunchha ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts