लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा इन्द्रजीत थारु र राज्यमन्त्रीमा बिमला खत्री नियुक्त



Download our app to get more features

काठमाडौं, २४ असोज  ।  लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मन्त्रीमा इन्द्रजीत थारु नियुक्त भएका छन्  ।

लुम्बिनी प्रदेश सरकारको  आइतबार बसेको बैठकले  मन्त्रिहरु हेरफेर गर्दै थारुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यस्तै, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्रीलाई दिएको छ  । 

इन्द्रजीत थारु दाङ क्षेत्र नम्बर एक ‘क’बाट प्रत्यक्ष निवार्चित सांसद हुन्। उनी प्रदेशमा पहिलो पटक मन्त्री भएका हुन्। 

विमला खत्री ओली दाङ क्षेत्र नम्बर तीन९ख०बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनका श्रीमान उत्तरकुमार ओली सवारी दुर्घटनामा दाङको मसोटमा निधन भएपछि उपनिर्वाचनबाट खत्री निर्वाचित भएकी थिइन। 

Last modified on 2021-10-10 20:39:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts