स्तन क्यान्सर सचेतना महिना

के दिनहुँ अल्कोहल पिउनाले स्तन क्यान्सरको जोखिम बढ्छ ?



Download our app to get more features

हामी यतिबेला स्तन क्यान्सर सचेतना सम्बन्धी सचेतना महिना मनाइरहेका छौं । महिला र पुरुष दुबैमा हुने स्तन क्यान्सर पछिल्लो समय महिलाको मृत्यु हुने प्रमुख कारण बन्दै गएको छ । बदलिदो जीवनशैली र अव्यस्थित खानपानका कारण महिला पुरुष दुबै जनामा स्तन क्यान्सर देखिन थालेको हो । त्यसकारण स्तन क्यान्सरको जोखिमबाट बच्नका लागि समयमै ध्यान दिन आवश्यक हुन्छ ।

स्तन क्यान्सर लाग्ने विभिन्न कारणमध्ये हालै सार्वजनिक गरिएको एक अध्ययनमा मदिरा तथा क्यान्सरबीचको नयाँ सम्बन्ध बाहिर आएको छ  । वर्ल्ड  क्यान्सर रिसर्च फण्डको नयाँ रिर्पोट अनुसार प्रत्येक दिन आधा ग्लास वाइन वा बियर पिउने बानीले स्तन क्यान्सरको खतरा बढाउने गर्दछ । 

रिपोर्टका अनुसार दिनहुँ नियमित व्यायाम गर्नाले भने स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ । भारतमा प्रत्येक वर्ष प्रति एक लाख महिलामध्ये तीस जनामा स्तन क्यान्सर हुने गर्दछ । ब्रिटेनमा पनि महिलामा हुने आम क्यान्सरमा स्तन क्यान्सर पर्ने गर्दछ । ब्रिटेनमा हरेक ८ महिला मध्ये एक जनामा स्तन क्यान्सर हुने गरेको तथ्यांक छ

किन लाग्छ स्तन क्यान्सर ?
स्तनक्यान्सर लाग्नुको पछाडी लाइफस्टाइको महत्वपूर्ण भूमिका रहने भए पनि स्तन क्यान्सर खान पान र लाइफस्टाइले मात्रै नै लाग्ने भन्नेमा पूर्ण विस्वस्त हुन नसकिने चिकित्सकहरु बताउँछन् । यसकारण पनि यहि एउटा विषयलाई मात्र स्तन क्यान्सरको कारक बनाउन नहुनेमा उनीहरुको जोड रहेको छ ।

कतिपयमा वंशाणुगत कारण पनि स्तन क्यान्सर हुने गर्दछ, जस्तो की मांशपेशी, लिङग, उमेर, उचाई, जीन , महिनावारी आदी कारणले पनि महिलामा क्यान्सर हुने कारण बन्न सक्ने विशेषज्ञहरु बताउँछन् ।

५० वर्ष उमेर पूरा भएका महिला, महिनावारी हुन बन्द भएका महिला तथा परिवारको इतिहासमा स्तन क्यान्सर भएको छ भने ती महिला सधै क्यान्सरको उच्च जोखिमा रहने गर्दछन् ।

यसैगरी शारीरीक उचाई धेरै भएका महिला, १२ वर्षको उमेरमा नै महिनावारी शुरु भएका महिलालाई पनि स्तन क्यान्सरको जोखिम बढी हुने  चिकित्सकहरु बताउँछन् । 

क्यान्सर रिसर्च यूकेले स्तन क्यान्सरका सम्भावित १८ कारणहरु आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । त्यसमध्ये मदिरालाई पनि एक प्रमुख कारणका रुपमा उल्लेख गरिएको छ । उक्त रिपोर्टका अनुसार महिलाहरुले सन्तुलित  भोजन खाने, शरीरको तौल सन्तुलित राख्ने, तथा नियमति व्यायाम गर्ने गरेमा स्तन क्यान्सरको जोखिम कम हुने गर्दछ । 

यो रिपोर्ट साढे १ करोड महिलाहरुको हिस्ट्री अध्ययन गरी तयार पारिएको हो । पर्याप्त प्रमाणका आधारमा आफुहरुले  हरेक दिन एक सानो गिलास अर्थात १० ग्राम अल्कोहल खाने बानी भएका महिलाहरुमा महिनावारी बन्द भएपछि स्तनक्यान्सरको जोखिम ९ प्रतिशतले बढी हुने वैज्ञानिकहरुले दाबी गरेका छन् । यसको अर्थ हो की १ सय महिलामध्ये करीब १३ जनालाई स्तन क्यान्सर हुन सक्दछ । 

Last modified on 2021-10-11 16:35:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts