सिकलसेल बिरामीका लागि अस्पतालहरुमा डेस्क स्थापना गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय



Download our app to get more features

रुपन्देही, २६ असोज । लुम्बिनी प्रदेश सरकारले सिकलसेल बिरामीका लागि अस्पतालहरुमा डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि मन्त्रीबिहीन रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएसँगै यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारुले सिकलसेल बिरामीका लागि लुम्बिनी प्रदेशका सबै जिल्ला अस्पतालहरुमा सम्पर्क डेक्स राख्ने निर्णय गरेको बताए । 

उनले प्रदेशका १२ वटै जिल्लाका अस्पतालहरुमा समानुपातिक विशेषज्ञ चिकित्सक पठाउनेसमेत निणर्य गरिएको सुनाए । 

तत्कालिन मुख्य मन्त्री शंखर पोखे्रलले वैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेका थिए । वैसाख ६ गते पहिलो पटक स्वास्थ्य मन्त्रालय स्थापना गरीएपछि लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री परिवर्तन भएका थिए । 

शुक्रवार मन्त्रीमा नियुक्त भएका मन्त्री थारुले आइतवार पदभार ग्रहण गरेका थिए । 

लुम्बिनी प्रदेशमा कुल प्रसाद केसी मुख्यमन्त्री बनेदेखि नै स्वास्थ्य मन्त्रालय मन्त्रीबिहीन रहेको थियो ।  

आइतवार मन्त्रीपरिषद् विस्तार गर्दै थारुलार्ई स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा नियुक्त गरिएको हो । उनी दाङ क्षेत्र नं. १ ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Last modified on 2021-10-12 17:10:38

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts