चाडपर्वमा बढ्ने स्वास्थ्य समस्या तथा रोगहरूबारे जानौं



Download our app to get more features

विजयादशमी र दिपावली हामी नेपालीहरूको निम्ति एकदमै महत्त्वपुर्ण चाडपर्वहरू हुन् । यी महान चाडहरुको आफ्नै महत्व त छ, नै त्यसमाथि आफन्त, साथीभाई तथा प्रियजनहरू भेट्ने, आशिर्वाद लिने—दिने तथा खुशी साट्नको लागि यी महान अवसरहरू हुन् । तर, यी चाडहरू विजयादशमी र दिपावलीसँगै मात्र होइन अन्य विभिन्न चाडपर्वहरूमा पनि नेपाली समुदायमा खुशीको मात्रै होइन रोगहरूको पनि ओइरो लाग्ने गरेको पाइएको छ । हामीले चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही गर्ने हुनाले यी रोगहरू बढेका हुन् । यी पर्वहरूमा वा पर्वहरू पश्चात मुख्यतया निम्न समस्या रोगहरू बढेको पाइएको छ ।

त्यसमाथि अहिले हामी सबै कोरोना महामारीको क्रममा छौं । यो समयमा थोरै लापरबाही गर्दा पनि अस्पताल जान सक्नुपर्ने अवस्था आउन सक्छ । जुन हाम्रो लागि पक्कैपनि राम्रो होइन । कारण, अस्पतालमा अन्य बिरामीसँगै कोरोना संक्रमित पनि हुन्छन । आफूमा संक्रमण छैन भनेपनि अरुबाट संक्रमण सर्न सक्छ । त्यसकारणपनि विशेष सतर्क रहनुपर्छ ।

हेरचाह तथा सावधानी
औषधि लिइरहनु भएको भएः

१. दसैँ होस या तिहार, चिकित्सकले प्रिस्काइब गरेका औषधोपचार चाडपर्वहरूमा पनि चलि नै रहनुपर्दछ । यी पर्वहरूमा थुप्रै औषधी पसलहरू नखोल्ने या नयाँ स्टक नआउने समस्या हुने हुँदा दशैं तिहार आउनु अघि नै आफूलाई चाहिने औषधिहरू कमसेकम १ महिनाको निम्ती किनेर राख्नु जरूरी हुन्छ ।
आफ्नो डाक्टरको निजी फोन नं. वा अस्पतालको फोन नं. आदि नोट गर्नुहोस् ।आफू टाढा वा कतै बाहिर वा गाउं जाने भए त्यस ठाउँ नजिकैको स्वास्थ्य केन्द्र, अस्पताल, एम्बुलेन्स कहाँ छ पत्ता लगाउनुस र त्यहाँको फोन नं. सँगै राख्नुहोस् ।

चिकित्सकले भने बमोजिम औषधी तथा खानपिनमा सँधै सावधान रहिरहनुस् ।

२.रोग उपचारकोे निम्ती गरिने योग, व्यायामहरू मात्रै होइन फिटरहन गरिरहने व्यायामहरू जस्तै दौड्ने, खेल्ने, योग आदि गरि नै रहनुस् ।
दसैँ होस या तिहार आफ्नो व्यायाममा सँधै अडिग रहनुस् । साथ साथै दशै तिहारमा घर टोलमा आयोजित हुने आउटडोर खेलहरूमा भाग लिनुस् वा नभए साथीहरू मिलेर यसको आयोजना गर्नुस् ।

३. प्रशस्त मात्रामा स्वच्छ  पानी पिइरहनुस् र पानीको बोतल सँधैं साथ मै राख्नुहोस् । ग्यास्ट्रिक बढ्ने, यूरिक एसिड, पिशाबका समस्याको त यसले मात्रै नै रोकथाम गर्दछ ।

४. कुनै पनि कार्यमा अति नगर्नुहोस् ।

५. माथि भनिएका चिल्लो खान, तारेका खाना, अस्वस्थकर प्याकेटका जंकफूड, फास्टफूड, विकृत पारिएका मांसाहार, रातो मासु, मिठाई, मासु, घिउ, रक्सि, नुनिला र मसालेदार खाना आदि प्रति सचेत रहनुस् । यस्ता खाद्य सकेसम्म आफू पनि नखानुस् र अरुलाई पनि नखुवाउनुस् । सबैभन्दा महत्वपुर्ण कुरो हो आनन्द र आनन्दको निम्ती कोचेर अति गरी खानु जरूरी 
हुँदैन ।

६. धुम्रपान, मद्यपान वा लागु पदार्थ आदिबाट टाढै रहनुस् । यिनको कुलतमा फसेका साथीभाईबाट बच्नुस् ।

७. खानाको चयन गर्दा सकेसम्म कम क्यालोरीका खाना जस्तै सलाद, सागपात, तरकारी, फल, जुस आदि नै चयन गर्नुहोस् ।

बढी क्यालोरीका तारे भुटेका मांसाहार खानासँग सँधैं प्रशस्त सलाद, दही, सागपात आदि खाने गर्नुस् ।

सलाद, सुप, तरकारी साग आदि पदार्थहरू मुख्य खाना भन्दा अगाडि खानाले अन्य खाना कम खाइन्छ र कम क्यालोरी शरीरमा जान्छ ।

मिठाइ बढी नखानुस् ।

मिठाई, जंक फूड जस्तै प्याकेट र बोटलका खाजा र पेय पदार्थहरू एकदमै कम प्रयोग गरौं । यिनमा भएका विभिन्न केमिकलहरू अखाद्य पदार्थहरू बढी चिल्लो र चिनीले हानी गर्ने भन्ने कुरा त सर्वमान्य तथ्य झैं भएको छ ।

मधुमेहका रोगीले रगतमा सुगरको मात्रा चेक गरि रहनुपर्दछ । उच्चरक्त चाप(मधुमेह(रक्तनलिका समस्या, कोलेस्ट्रोल बढेका हृदयघात र मस्तिष्कघात भएका रोगीहरूको निम्ती रक्सि, धुम्रपान र मांसहार, चिल्लो वा गुलिया भनेको विष सरह हुने हुनाले एकदमै कम मात्रामा खाने गर्नुपर्दछ वा नापेर मात्रै खाने ।

अनावश्यक ऋण लिएर खर्च गर्ने, जुवाडे बन्ने, मादक पदार्थ लागुपदार्थको संगतमा लाग्ने, झगडा आदि गर्ने बानीले तनाव बढाउछ जसले रोग बढाउँछ नै । त्यसैले तनाव बढाउने कुनै पनि कारणबाट बच्नुस् ।

ढाड–मेरुदण्डमा नशा च्यापिएका विरामीहरूले बढी बसेर तास खेल्ने वा अन्य खराब पोजिशनमा बस्ने नगर्नुहोस् ।

सुरक्षित ठाउँमा मात्रै चंगा उडाउने, पिङ्ग खेल्ने गर्नुस् ।

पारिवारिकरूपमा आनन्द लिनुहोस् ।

पटाखाहरू पडकाउनु गैर कानुनी भएता पनि अलिकति मात्रामा यो भित्री रहने कुरा कसैबाट छुपेको छैन । बच्चाहरू र सजिलै जल्ने कुराहरूबाट यिनलाई सुरक्षित राख्नु नै समझदारी हुन्छ ।

सरसफाईमा ध्यान दिनुस । घरमा एण्टासिड, दुखाई कम गर्ने र अन्य औषधिको साथमा फस्र्ट एड किट राख्नु पर्दछ  ।

चाडपर्वका हानीकारक खाना र यीनका स्वस्थकर बिकल्पहरुः
संस्कृति र प्रचलित कुसंस्कार

दसैँ तिहारका आफ्नै आध्यात्मिक महत्तवहरू भए पनि हामीहरूले यिनमा आडम्बर, पाखण्ड र कुसंस्कार मिसाएर आज यिनको शुद्ध मर्म बिर्सेर अन्धपरम्परामा मात्र सिमित भएको छ । यीनमध्ये स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध राख्ने केहि यस्प्रकार छन् ।

पञ्चबली स् पञ्चबलीमा रांगो, बोको, कुखुरा, हाँस, परेवा आदि काट्ने होइन कि यसको साँचो अर्थ हो हामी भित्र भएका पाँच अंहकार वा मनोवृत्तिको बलि दिने ।

यी अंहकार वा मनोवृत्तिहरू हुनः
– काम
– क्रोध
– लोभ
– मोह
– ईष्र्या/द्वैष

स्वस्थकर रहन हामीले दिनुपर्ने पञ्चबलीहरू हुनः

  • मद्यपान, धुम्रपान
  • चिल्लो विकृत खाना, जंकफूड
  • अत्याधिक तनाव
  • रातोमासु, विकृत पकाइएका मासु
  • अल्छिपन र लापरवाही 

यस्तै टिका लगाउनुको पनि आफ्नै आध्यात्मिक अर्थ छ र जमरा दिनुको पनि । जमरा टाउकोमा लाउने होइन कि खाने हो । राम्ररी तयार गरिएको गहुँं, जौ आदिका जमरालाई ‘पृथ्वीको अमृत’ नामले चिनिन्छ । जमरामा शरीर निर्विषिकरण वा डिटक्स गर्ने, पोषक तत्व प्रदान गर्ने, असाध्य मानिएका रोगहरू समेत ठीक गर्ने शक्ति भएको अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।

यहाँको दसैँं तिहार पनि स्वस्थमय, आनन्दमय र समृद्धीमय बितोस् । यी पर्वमा सबैको उन्नति, सुस्वास्थ्य र प्रगतिको कामना गरौं र कामनाले मात्र पुग्दैन । स्वस्थ खाना खाऔं र खुवाऔं र सुरक्षित रहौं ।

Last modified on 2021-10-13 10:32:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts