अरुची हुँदाहुँदै धेरै खाना खाएपनि हुन्छ अल्सर ? यसो भन्छन् डा.मुखिया



Download our app to get more features

अल्सर सब्द बारे नेपाली परिचित छन् । यो शब्द नसुन्ने निकै कमै मानिस होलान् । ग्याष्ट्रिकको समस्या भएका व्यक्ति सधैभरी अल्सरको जोखिममा रहन्छ । 

ग्यास्ट्रिक लामो समयसम्म भए अल्सर र अल्सरको समयमै उपचार नभए क्यान्सरको जोखिम हुन्छ । अल्सर हुनै नदिन के गर्ने ? यो समस्याबाट कसरी टाढै रहने भन्ने विषयमा जनरल सर्जन डा. रुपेश मुखियाले हाम्रो डक्टरसँग केही कार्य अनुभव साटेका छन् । जानौं डा. मुखियाको सुझाव :-

के हो अल्सर ?
अल्सर धेरै प्रकारको हुन्छ । सामान्यतया ग्यास्ट्रिकको कारणले हुने अल्सर भनेको पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाल हो । यस्तो अल्सरलाई ग्याष्ट्रिक वा पेष्ट्रिक अल्सर भनिन्छ । 

कसरी हुन्छ अल्सर ?
खाना पाचन गराउने प्रक्रियामा विविध कारणले एसिड सञ्चित गर्ने म्युकस भन्ने बाक्लो पत्र पातालो हुन्छ र सानो आन्द्रामा हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले संक्रमण गर्छ । पछि गएर आन्द्रामा घाउ बनाउँछ र अल्सर हुन्छ । साथै दुखाई कम गर्ने औषधिको लगातारको प्रयोगले पनि अल्सर हुन सक्छ । 

अल्सर हुने मुख्य कारण
अल्सर हुने मुख्य कारण भनेको लामो समयसम्म ग्याष्ट्रिक हुनु हो । यसको साथै अस्वस्थ खानपान, विलाशी जीवनशैली, लामो समय भोकै बस्नु वा अरुची हँुदाहँुदै धेरै खानु, बढी तनाव, अनिँदो आदिका कारणले पनि अल्सर हुनसक्छ । 

अल्सरका लक्षण :
अल्सर आन्द्राको कहाँ भएको छ सोही अनुसार लक्षण देखिन्छ । यसको अलावा सामान्यतया धेरै पेट दुख्ने, कहिलेकाही खाली पेट हुँदा दुख्ने त कहिले खाने बित्तिकै दुख्ने, वान्ता हुने गर्छ ।

अल्सर कुन उमेर समुहका मानिसमा बढी देखिन्छ ?
अल्सर यही उमेरका मानिसमा देखिन्छ भन्ने छैन् । जुनसुकै उमेरका मानिसमा देखा पर्न सक्छ । तर, बढीजसो मध्यउमेर ३०–४० वर्षका मानिसमा यसको जोखिम रहन्छ । 

हाम्रो समाजमा अझै पनि ग्याष्टिक अल्सरलाई सामान्य रुपमा हेरिन्छ । पेट दुख्छ ठीक भैहाल्छ भन्ने धारणाका कारण अल्सरले भयावह अवस्था ल्याउन सक्छ । 

तर, अल्सरको समयमै उपचार गरिएन भने क्यान्सर हुने, मानिसको ज्यानै जाने अवस्था आउन सक्छ । आन्द्रा प्वाल पर्दा आन्द्राभित्र भएको अम्लहरु बहिर निस्कियो भने केही मिनेटमै मानिसको ज्यान जान सक्छ । 

अल्सरबाट कसरी बच्ने ?
खानपानको असावधानी अल्सरको प्रमुख कारण हो यसकारण स्वस्थ खाना खाने । समय मिलाएर खाना खाने, खाली पेट नबस्ने । बढी मसलादार चिल्लो पिरो, अमिलो नखाने, धुमपान, मध्यपान नगर्ने । माथिका कुनै पनि लक्षण देखिए स्वास्थ परीक्षण गराउने । सुरुवाती चरणमै उपचार गराए यो सहजै ठीक हुन्छ । अन्यथा ज्यान नै जाने, क्यान्सरको  सामाना गर्नुपर्ने हुन सक्छ ।

Last modified on 2021-10-17 16:55:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts