सुनसान स्वास्थ्य मन्त्रालय (फोटो फिचर)



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । दसैंको सरकारी बिदा सकिएको आज ४ दिन बितिसक्दा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुनसान छ ।

मन्त्रालयमा कार्यरत तल्लो तहका कर्मचारीहरू काममा आएको भएतापनि शाखा र महाशाखा प्रमुख  तथा माथिल्लो तहमा कार्यरत कर्मचारी अझै कार्यथलो फर्केका छैनन् ।

मन्त्रालयमा सेवा ग्राहीको चाप बढ्न थालेको भएतापनि कर्मचारी भने उपस्थित छैनन् । जसका कारण सेवाग्राहीलाई समस्या भएको छ ।

स्वास्थ्य मन्त्रालयमा सेवाग्राहीको भीड बढेको भएतापनि बिहीवार बिहान ११ बजेसम्म प्रशासनका कर्मचारीको कार्यकक्ष खाली थियो । 

मन्त्रालयका सुचना अधिकारी गणेश श्रीवास्तव लगायतका महाशाखाका प्रमुखहरू कोही पनि मन्त्रालयमा उपस्थित थिएनन् ।

देशका सम्पूर्ण स्वास्थ्य संस्था र अस्पतालहरूको नेतृत्व, नियमन तथा अनुगमन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै कर्मचारीको कामप्रति लापरवाही देखिन्छ । 

मन्त्रालयका कर्मचारीहरू आफ्नो कामप्रति उत्तरदायी देखिँदैनन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको कार्यकक्ष पनि खालि रहेको थियो  ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको कार्यकक्ष र सचिवालयमा भने केहि चहलपहल देखिएको थियो । 

एक त प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले झन्डै ८८ दिनपछि मन्त्री पाएको छ । तरपनि मन्त्रालयका कर्मचारीहरू समय मै नआउदा काम प्रभावित हुने देखिएको छ ।

Last modified on 2021-10-21 16:50:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts