कोरोना संक्रमणबाट लगभग १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु



Download our app to get more features

काठमाडौं,५ कात्तिक । कोरोना संक्रमणबाट लगभग १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने जनाएको छ ।

यो संख्या सन् २०२० को जनावरीदेखि  सन् २०२१ को मे महिनाबीच सम्मको हो । 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

गेहब्रेयससले खोपको अन्यायपूर्ण वितरणलाई लिएर आलोचना पनि गरेका छन् ।

बीबीसी

Last modified on 2021-10-22 16:34:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts