देशभर थप ५ सय १३ जनामा कोरोना पुष्टि, ८ सय १७ संक्रमण मुक्त



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षण गर्दा ४३८ जना र १ हजार ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ गरी ५१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३४५ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ८६ हजार ६३० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ८ हजार ५३४ र एन्टीजेनबाट ९३ हजार ९८० पुगेको छ। 

नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित रहेका छन्।

Last modified on 2021-10-24 10:39:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts