स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्त



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्ति भएका छन् । स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। 

डा. सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए।

विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा. सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि पनि १३ महिना विभागको महानिर्देशक भएका सिंहलाई साउन १९ मा विभागको महानिर्देशकबाट हटाएर स्वास्थ मन्त्रालय तानिएको थियो। 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उनलाई हटाएर विभागको महानिर्देशक डा. आरपी बिच्छालाई बनाएका थिए।

यसअघिका महानिर्देशक डा. बिच्छाले कार्तिक ६ गतेबाट अनिवार्य अवकाश पाएसँगै बिच्छाको अवकाशकै दिन पारेर डा. सिंहलाई विभागको महानिर्देशकमा पठाइएको हो। 

Last modified on 2021-10-24 17:02:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts