सडक अवरुद्ध हुँदा बैतडीमा सुत्केरीको मृत्यु



Download our app to get more features

बैतडी,७ कात्तिक । बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका –६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो ।

कात्तिक १ गते व्यथा लागेर गोकुलेश्वर अस्पताल पुर्याइएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेलधुरा अस्पताल रिफर गरिएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए । 

वर्षाले गर्दा बैतडी–डडेलधुरा सडक अवरुद्ध भएका कारण थलालको बाटोमै मृत्यु भएको उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts