सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

धनगढी, ७ कात्तिक । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ।

यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts