गत २४ घन्टामा ८ सय ७७ जना स्वस्थ हुँदा थपिए ५ सय ५७ संक्रमित



Download our app to get more features

काठमाडौं,७ कात्तिक । गत २४ घन्टामा देशभर थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ७ हजार ६ सय २५ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ६१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय २२ र १ हजार ५ सय ६४ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ८ सय ७७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ ।

त्यसैगरी गत २४ घन्टामा देशभर ७ हजार ५ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा कुल जनसंख्याको २१.७ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् ।  


 

Last modified on 2021-10-25 09:59:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts