पत्रकार ऋषि धमलाले धादिङमा अस्पताल खोल्ने



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । बरिष्ठ पत्रकार ऋषि धमलाले गृह जिल्ला धादिङमा  अस्पताल खोल्ने भएका छन् । धमलाले आइतबार  आफ्रनो जन्मदिनको अवसर पारेर आगामी दुईदेखि तीन वर्षभित्र धादिङको राजमार्ग आसपासमा आफ्नो आमा–बुवाको नाममा सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरेका हुन् । 

आफ्नो ४६ औं जन्मदिन मनाउने क्रममा नेपाली रेडियो नेटवर्कमा आइतबार आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै धमलाले अस्पताल बनाउने बताएका हुन् । 

 'राजमार्गमा सयौंको संख्यामा बिरामी बोकेर आएका एम्बुलेन्सहरु जाममा पर्छन्, उनीहरुले उपचार कहाँ गराउने त्यसकारण मैले मेरो बुवा–आमाको नाममा एउटा सुविधासमपन्न अस्पताल बनाउने सोच बनाएँ ।'- धमलाले भने । 

नेपाली रेडियो नेटवर्कका अध्यक्षसमेत रहेका पत्रकार धमलाले उक्त अस्पतालमा गरिब, असहाय, दिनदुःखीहरुको भने निःशुल्क उपचार गर्ने पनि घोषणा गरेका छन् ।  

Last modified on 2021-10-25 09:59:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts