आजपनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँँदै



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । सरकारले आजपनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आजपनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले जनाएको छ । 

आइतवार खुवाउन बाँकी रहेका र छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ ।

एकैदिन ५१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सम्भव नभएको हुँदा आजपनि कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

पोषण शाखाले नजिकैको स्वास्थ्य केन्द्रमा गएर आइतवार खान छुटेका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खान आग्रह गरेको छ । 

Last modified on 2021-10-25 10:00:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts