डडेल्धुरा अस्पतालको निमित्त मेसुमा भट्ट नियुक्त



Download our app to get more features

डडेल्धुरा,८ कात्तिक । संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टमा डा.चेतराज भट्ट नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त मेसुको रुपमा डा.भट्टलाई नियुक्त गरेको हो । ८औं तहका चिकित्सक भट्टलाई मन्त्रालयले आइतबार पत्रसमेत पठाइसकेको छ ।

डा.भट्ट करिब १० महिनादेखि डडेल्धुरा अस्पतालमै कार्यरत छन् । उनले यस अगाडि स्वास्थ्य सेवा विभाग, दार्जुला अस्पताललगायतका क्षेत्रमा काम गरिरहेका छन् ।

यसअघि अस्पतालमा डा. जगदीशचन्द्र विष्ट मेसु थिए । अस्पतालमा ११औं तहका मेसुको दरबन्दी छ । तर, अस्पतालमा ११औं तहका चिकित्सक रिक्त छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts