अमेरिकाले दिएको फाइजर खोप नेपाल आइपुग्यो 



Download our app to get more features

काठमाडौं,८ कात्तिक । अमेरिकाले नेपाललाई अनुदानमा दिएको  कोरोनाविरुद्धको फाइजर खोप  काठमाडौं आइपुगेको छ । 

अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर एण्ड बायोएनटेकले विकास गरेको फाइजरको १ लाख ६ सयभन्दा बढी मात्रा खोप आज बिहान ९;३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप कतार एयरवेजबाट बिहान ९ ;३० बजे नेपाल आइपुगेको हो । 

आज ल्याएको खोप  ४ वटा रेफ्रिजरेटर भण्डारण गरिने पनि उनले बताए । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ ।

Last modified on 2021-10-25 16:39:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts