काठमाडौंमा कात्तिक ९ गतेदेखि एस्ट्राजेनेकाको दोस्रो डोज लगाइने



Download our app to get more features

काठमाडौं,८ कात्तिक । काठमाडौंमा कात्तिक ९ गतेदेखि एस्ट्राजेनेकाको दोस्रो डोज लगाइने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको हो।

सूचनामा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्टाजेनेकाको दोस्रो डोज लगाइने उल्लेख गरिएको छ ।

त्यस्तै महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप कार्यक्रम सञ्चालन हुनेछ । 

यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुनेछन् । 

Last modified on 2021-10-27 07:34:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts