गत २४ घन्टामा थपिए ५ सय ७६ कोरोना संक्रमित,थप १३ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं,८ कात्तिक । गत २४ घन्टामा देशभर थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप १३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १० हजार ८ सय ६४ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार २ सय ८४ रटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ सय ७३ र २ हजार ५ सय ८० एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ५ सय १ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ ।

त्यसैगरी गत २४ घन्टामा देशभर ५७ हजार ६ सय १० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा कुल जनसंख्याको २१.९ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् ।  


 

Last modified on 2021-10-26 09:18:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts