मृगौला स्वस्थ राख्ने घरेलु उपाय 

What's This?


Download our app to get more features

काठमाण्डौं, १२ चैत्र । नेपालमा मृगौलासम्बन्धि विभिन्न रोगको प्रकोप फैलँदै गएको छ । विशेषगरी खानपिनमा हुने लापरवाहीको कारण मृगौलाका रोगीहरु बढ्दै गएका छन् । खानाका पारखीहरुले स्वास्थ्यको ख्याल नराखी जथाभावी खानेकुरा खाने गरिएपछि मृगौलाका रोगीहरु दिनहुँ बढ्दै गएका छन् । 

मृगौला शरीर संचालनको अभिन्न अङ्ग । तर, यही अङ्ग थलिएपछि मानिसले लाखौं रुपैंयाँ खर्चिनुपर्ने बाध्यता आइलागेको छ । खानपानका गरेको साने लापरवाहीले नै जीवनभरी कृत्रिम तरिकाले मूत्र बिसर्जन गर्ने डाइलोसिसजस्तो महँगो प्रणाली अपनाउन बाध्य छन् । पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु किड्नी ‘फेलियर’ भएर जीवन गुमाउन बाध्य छन् ।

हामीले मृगौला बचाउन घरेलु विधि पनि अवलम्बन गर्न सकिन्छ । भान्सामा धनियाँ पात ल्याएर नियमित सेवन गर्ने हो भने किड्नी रोगबाट बच्न सकिन्छ । मृगौलाले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । 

धनियाँको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।


सेवन विधि

पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १० मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मूत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ ।
एजेन्सीको सहयोगमा 

 

Last modified on 2016-11-04 14:53:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts