वीर अस्पतालमा ५० वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण 



Download our app to get more features

काठमाडौं,१० कात्तिक । वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुन सुरु  भएको छ ।

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि मिर्गौला प्रत्यारोपण सेवा पुन सुरु गरिएको हो । 

कोभिड १९ यूनिफाइड केन्द्रीय अस्पतालका प्रमुख डा.भुपेन्द्र बस्नेतका अनुसार मंगलबार सिरहाका ५० वर्षीय पुरुषलाई ४९ वर्षीया श्रीमतीले मिर्गौला दान गरेकी थिइन् । 

बस्नेतले भने,'अहिले हप्ताको एकदिन मिर्गौला प्रत्यारोपण गर्ने योजनामा छौ,यदि बिरामीको चाप बढ्दै गएमा हप्ताको दुई दिन पनि गर्छौ ।' 

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा.पारसमणि श्रेष्ठ, डा.अनिल श्रेष्ठ, डा.रविन बस्नेत, डा.पुकार चन्द्र श्रेष्ठ, डा.रजनी हाडा, डा.अनिल बराल लगायतका चिकित्सकहरु छन् ।

देशमा पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा मिर्गौला प्रत्यारोपण सेवा रोकिएको थियो ।

Last modified on 2021-10-27 19:19:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts