भोला रिजाल नेतृत्वको विशेषज्ञ चिकित्सकको टोलीले सप्तरीमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने  

What's This?


Download our app to get more features

काठमाडौं, २६ साउन । अबिरल वर्षासँगै आएको बाढी पहिरोपछि महामारी फैलन नदिन तथा पीडितको उपचारका लागि डा. भोला रिजाल नेतृत्वको विशेषज्ञ चिकित्सकहरुको टोली सप्तरीलगायतका जिल्लामा जाने भएको छ । 

सप्तरीका बाढी पीडितको उपचारका लागि चिकित्सकको आवश्यक्ता परेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सकहरुको टोली औषधिसहित त्ययसतर्फ जान लागेको हो । 

तिलाठी गाविसको रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्हि गाउँ बढी प्रभावित भएको स्थानीयको जानकारी आएपछि वरिष्ठ चिकित्सकहरुको टोली त्यसतर्फ जान लागेको डा अनिलकुमार झाले बताए । तिलाठीमा भारतको कुनौलिका जनताहरुपनि स्वास्थ्य उपचार लिन आउने झाले जानकारी दिए । 

विशेषगरी ज्वरो आउने, कान दुख्ने, आँखा पाक्ने, झाडापखाला, बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्य उपचारका लागि १५ जना विशेषज्ञसहितको टोली शुक्रबार सप्तरी जाने भएको हो । 

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने स्वास्थ्य परिक्षणमा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, नाक, कान, घाँटी रोग विशेषज्ञ डा अनिलकुमार झा, घाँटी रोग विशेषज्ञ डा रमेशप्रसाद सिंह, दाँत रोग विशेषज्ञ डा. निरज पन्तसहित विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुको टोली सप्तरी जाने भएको हो । 
टोलीले बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिए काठमाडौंमा ल्याएर निशुल्क उपचार गने बताइएको छ । 

शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीले यसअघि नै तिलाठीका बाढी पीडितहरुको उपचार गरीसकेका छन् । 
 

Last modified on 2016-08-10 14:32:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts