मुटु स्वस्थ्य राख्नका लागि कुन तेलको प्रयोग गर्ने ?



Download our app to get more features

काठमाडौं,१८ कात्तिक । तिहार नेपालीको महान चाड हो । यसबेला मानिसहरु धेरै व्यस्त र तनावमा रहन्छन् । खानेकुरामा त्यति ध्यान दिएको पाइदैन् । चिल्लो ध्यू तेलको सेवन धेरै मात्रामा हुने गर्दछ । त्यसैले मुटु स्वस्थ्य राख्नका लागि कस्ता खानेकुराहरु खाने गनुपर्दछ त ? 

चिल्लोपदार्थ हाम्रो दैनीक खानाको जरुरी पदार्थहरु मध्ये पर्दछ । तर यसको मात्रा र किसिम नमिलेको खण्डमा हृदयघात जस्ता घातक रोगहरु लाग्ने गर्दछ ।

दशैंतिहारमा हामी धेरै ध्यू तेलको प्रयोग गर्दछौ । तर कुन तेल स्वास्थ्यका लागि र मुटुको लागि राम्रो थाहा पाउन जरुरी छ । हाम्रो शरिरमा कोलस्ट्रेरोल (चिल्लोपदार्थ) मुख्य दुई प्रकारका हुन्छन् । राम्रो कोलेस्ट्रेरोल र नराम्रो कोलस्ट्रेरोल । चिल्लोपदार्थ जसले मुटुका नशा साघुरो बनाउँछ । यो मुख्यतय बटर ध्यूमा धेरै पाइन्छ ।

हामीले खाने चिल्लोखानामा दुईथरि नराम्रा चिल्लोपदार्थ हरु पाइन्छन् । स्याच्युरेटेट चिल्लोपदार्थ र अनस्याच्युरेटेट चिल्लोपदार्थ ।  

स्याच्युरेटेट चिल्लोपदार्थले LDL बढाउछ र यो चिल्लोपदाथ ध्यू नरिवल तेल आदिमा पाइन्छ । अनस्याच्युरेटेट चिल्लोपदार्थले LDL घटाउने गर्दछ र HDLबदाउछ र यो तेरीको तेल,सनफ्लावर तेल र ओलिभ तेलमा पाइन्छ । 

चिल्लोपदार्थलाई हा्इडो«जनसँग प्रतिक्रिया गराए Trasfat बन्दछ । जस्तै बनस्पति ध्यू मार्गरिन आदिले LDL बढाउछ र HDL घटाउछ्  । 

ध्यू तेल धेरै तापक्रममा पकाउदा अथवा पटक पटक प्रयोग गर्दा त्यस बाट एक किसिमको खार आउछ जसलाई स्मोकिङ्ग प्वइट भनिन्छ । यस अवस्थामा तेलको पोषक गुम्ने गर्दछ । त्यसकारण तेललाई यस विन्दुसम्म तताउनु हुदैन । विभिन्न तेलका स्मोकिङ्ग प्वइट र विशेषता भिन्न हुन्छ । 

तोरीको तेल : तोरीको तेलमा नराम्रा खालका स्याच्युरेटेट चिल्लोपदार्थको मात्रा धेरै कम हुन्छ । तोरीको तेलमा स्मोकिङ्ग प्वइट धेरै हुने हुँदा तताएर खानकालागी यो तेल अरु तेलको तुलनामा सूरक्षित हुन्छ । तोरीको तेल सेवन गर्नाले मुटुको रोगहरुमा ६० प्रतिशतसम्म कमी आउन सक्छ । 

ओलिभ तेल :  यसले शरीरमा कोलस्टे«रोलको मात्रा कम गर्दछ । Anti inflammatory  को काम गर्दछ जसले शरीरलाई हृदयघात र क्यान्सरबाट जोगाउँछ । प्रोस्टेट कोलोन र स्तनक्यान्सरको लागि यो तेल फाइदाजनक मानिन्छ ।

सनफ्लावर  तेल : यस तेलमा राम्रो fatty acid  धेरै र नराम्रो fatty acid  कम भएकोले राम्रो मानिन्छ तर ओमेघा-६ धेरै हुने भएकाले धेरै मात्रामा सेवन गर्दा प्रोस्टेट र स्तनको क्यान्सर हुने सम्भावना रहन्छ । 

राइसब्रान तेल : धानको भूसबाट निकालिने यो तेलको fatty acid  उच्च हुने भएकाले खाना बनाउन उपयुक्त मानिन्छ । ओरिजेनोल भन्ने एन्टिअक्सिडेन्ट भएकोले सो स्वस्थकर मानिन्छ ।

नरिवल तेल : नरिवल तेलमा नराम्रो तृप्तको मात्रा धेरै हुन्छ । यसले LDL बढाउँछ । 

बटर ध्यू : यसमा स्याच्युरेटेट बोसो धेरै हुन्छ र शरीरमा LDL को  मात्रा बदाउँछ । ध्यू को स्मोकिङ्ग प्वइट बटरको भन्दा उच्च हुन्छ ।

बनस्पति ध्यू : खाने तेल मध्ये सबैभन्दा नराम्रो मानिन्छ। यसले हृदयघात गराउँछ र केक, डोटन बनाउँनप्रयोग गरिन्छ ।

(भण्डारी मुटुरोग बिशेषज्ञ हुन् )


 

Last modified on 2021-11-05 08:24:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts