विश्व मधुमेह दिवस

मधुमेह भएकाले एबीसीडीबारे जानी राख्न डा.त्रिपाठीको यस्तो छ सुझाव



Download our app to get more features

आज विश्व मधुमेह दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।  ‘मधुमेह उपचारमा पहुँच’ भन्ने नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस मनाउन थालिएको हो ।

मधुमेह अहिले विश्वभरि नै फैलिएको रोगहरु मध्येको एक हो । इन्टरनेशनल डाइजिटिज फेडेरेशनका अनुसार महामारीको रुपमा फैलिरहेको मधुमेहका कारण हाल विश्वभर झन्डै ४६ करोड हाराहारीमा मानिसहरु प्रभावित छन् । सन् २०४५ सम्ममा यो संख्या झन्डै दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ भने दक्षिण एसियामा यो संख्या ७४ प्रतिशतले बढेर जानेछ ।

सामान्यतया रगतमा चिनीको मात्रा बढी भएमा चिनी रोग वा मधुमेह रोग लाग्दछ । यो दीर्घ रोग हो । एकपटक यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुँदैन्। यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । त्यसैले पनि यो रोग लाग्नु भन्दा अघि नै ध्यान दिन जरुरी हुन्छ । यसलाई समयमै उपचार गरेर नियन्त्रणमा ल्याइएन भने शरीरका महत्वूर्ण अंगहरुमा क्षति पुराउन थाल्छ ।

मधुमेह अर्थात् चिनीरोग विश्वमा नै दिनप्रतिदिन बढिरहेको छ। नेपालमा पनि यो रोग बढ्दो क्रममा छ। कतिपय अवस्थामा मधुमेह लागेको थाहा नै हुँदैन। कुनै लक्षणबिना नै रोग लागिरहेको हुन्छ। तर बिरामीलाई आफू स्वस्थ छु भन्ने लाग्छ। जब लक्षण देखिन्छ त्यतिबेलासम्म मुटु, मिर्गौला र आँखा जस्ता महत्त्वपूर्ण अंगलाई असर गरिसकेको हुन्छ। त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भन्ने भनिन्छ। यो दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राखेर व्यवस्थापन गर्नुको अर्को विकल्प नै हुँदैन ।

यसको सही उपचार भनेको नै सुगर नियन्त्रणमा राख्नु हो । मधुमेहलाई शुरुदेखि नै लापरवाही गरियो र उपचार गराइएन भने भने यसले भयावह स्थिति निम्त्याउँछ। यसले मुटु, मिर्गौला, आँखा, नसा जस्ता महत्त्वपूर्ण अंगमा असर गर्न शुरु गर्छ। जति अन्य अंगमा असर गर्न थाल्छ उपचार पनि महंगो र झञ्झटिलो बन्दै जान्छ ।

मधुमेह बच्चादेखि वृद्धसम्म जोकोहीलाई पनि हुनसक्छ । तर यसका जोखिम समूहमा भने मोटा व्यक्ति, शारीरिक व्यायाम नगर्नेहरु, परिवारमा कसैलाई मधुमेह भएकाहरु, जंकफुड जस्ता अस्वस्थ खाना बढी खानेहरु पर्दछन्। यी समूहले अझ बढी ख्याल गर्नुपर्ने हुन्छ ।

मधुमेहका लक्षणहरु :
- बारम्बार पिसाब लागिरहनु
- मुख सुख्खा हुनु
- प्यास धेरै लाग्नु
- भोक बढी लाग्नु तर खाइरहँदा पनि दुव्लाउदै जानु
- कमजोरी महशुस हुनु
- खुट्टाहरु झम्झमाउनु
- खुट्टाहरु पोल्नु
- पिसावमा कमिलाहरु देखिनु
- शरीरमा भएका घाउहरु छिटो निको नहुनु
- आँखा धमिलो देखिनु

मधुमेहीले ख्याल  गर्नुपर्ने ‘एबीसीडी’ :
मधुमेहका बिरामीमा अन्य समस्या हुने भएकाले सुगर नियन्त्रण गर्दै यी कुराहरुमा पनि ध्यान दिन जरुरी हुन्छ । जस्तै हामी मधुमेह भएकालाई एबीसीडीमा ख्याल गर्न सल्लाह दिन्छौं । के हो एसबीसीडी जानी राखौँ :

ए – ए वान सी ७ प्रतिशत भन्दा कम राख्ने 
बी- ल्लड प्रेसर १४०् ९० भन्दा कममा राख्ने 
सी- कोलेस्टरोल  १०० भन्दा कम राख्ने 
डी- डाइटमा ध्यान दिने
खानामा ५० प्रतिशत तरकारी, २५ प्रतिशत अन्न समूह र २५ प्रतिशत प्रोटिन समावेश गर्न सबैलाई सुझाव दिन्छौं ।
यसरी आफनो खानामा ध्यान दिने,नियमित शारीरिक व्यायाम गर्ने, नियमित आफनो स्वास्थ्य जाँच गरेर औषधि सेवन गर्ने साथै चिकित्सकको निगरानीमा बस्ने हो भने सुगरलाई बेलैमा नियन्त्रण गरेर अन्य जटिल समस्या हुनबाट पनि जोगिन सकिन्छ ।


(मधुमेह थाईराईड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर अमृत त्रिपाठीसँग गरेको कुराकानीमा आधारित) 

Last modified on 2021-11-14 08:57:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts