ल्याब तथा अन्य रिपोर्टमा स्क्यान हस्ताक्षर प्रयोग नर्गन आग्रह



Download our app to get more features

काठमाडौं,१ मंसिर । नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ल्याब तथा अन्य रिपोर्टमा स्क्यान हस्ताक्षर प्रयोग नर्गन आग्रह गरेको छ । 

काउन्सिल र परिषदले संयुक्त रुपमा सूचना जारी गर्दै ल्याब तथा अन्य रिपोर्टमा स्क्यान हस्ताक्षर प्रयोग नर्गन आग्रह गरेको हो । 

सूचनामा अस्पताल, क्लिनिक, स्वास्थ्य केन्द्र तथा प्रयोगशालाहरुलाई विज्ञता हासिल गरेका दर्तावाल व्यक्तिको हस्ताक्षर प्रयोग गर्न भनिएको छ ।

त्यस्तै स्क्यान गरिएको हस्ताक्षर प्रयोग नर्गन,लिखित हस्ताक्षर गर्दा प्रमाणपत्र नम्बर पनि उल्लेख गर्न भनिएको छ । 


 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts