छाला स्वास्थ्यलाई विशेष ख्याल नगरे यी समस्या देखिन सक्छन्...



Download our app to get more features

काठमाडौं,१ मंसिर । हामीले हाम्रो छालामा धेरै ध्यान नदिँदा विभिन्न खालका समस्याहरू देखिन सक्दछ । बाहिरी हावा पानीको प्रभावले वा हाम्रो शरीरबाट नै आफ्नैै छालामा विभिन्न रोगहरू देखिन सक्छन् । 

छाला तथा यौन रोग विशेषज्ञ डा.पारस श्रेष्ठका अनुसार भौगोलिक ठाउँ अनुसार छालामा देखिने रोगहरू पनि कम र बढी हुने गर्दछ । चिसो ठाउँमा र गर्मी ठाउँमा देखिने छालाका रोगहरूरु फरक फरक हुने गरेको छ ।  

छालामा कस्ता समस्याहरू देखिन्छन् :
१. एलर्जी 
२.इक्जेमा
३.पिम्पलस, डन्डिफोर
४.सोरीयासीस
५.चाँया पोतो 
६.छाला चिलाउने, पोल्ने, डाबरहरू आउने
७.दाद
८.लुतो
९.वंशाणुगत रोगहरू 

छालामा समस्या नै आउन नदिन के गर्ने ?

मनिसहरूले दैनिक गर्ने काम अनुसार छालामा समस्या देखिन्छ । त्यसरी काम गर्दा के कारणले छालामा समस्याहरू आइरहेका छन् त्यसलाई ध्यान दिनुपर्छ । 

छालामा देखिने रोगहरू निको हुने र बारम्बर देखिने खालका हुन्छन् । विशेषज्ञसँग त्यसको पहिचान गरी उपचार गर्नुपर्ने हुन्छ । 

कतिपय आयुर्वेद र घरेलु औषधिहरूले पनि छालाको रोगलाई निको पार्ने हुन्छन् तर त्यसको प्रयोगको बारेमा थाहा नभएसम्म प्रयोग गर्नु हुँदैन । 

कस्ता खालका क्रिमहरू प्रयोग गर्ने ?

अहिले धेरै मात्रामा सन्सक्रिमहरू प्रयोग गर्ने गरिन्छ । त्यस्ता सन्सक्रिमहरू प्रयोग गर्नु छालाको लागि राम्रो हो । 

आफ्नो छालाको लागि कस्ता खालको सन्सक्रिमहरू प्रयोग गर्ने चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नुपर्दछ । सन्सक्रिमहरू बालबालिकादेखि लिएर वृद्धाहरूलेसम्म प्रयोग गर्न सक्छन् । 

नेपालमा छालामा देखिएको प्रमुख समस्याहरू के–के हुन् ?

विश्वभर नै छालामा धेरै इक्जाइमा रोग देखिएको छ । इक्जाइमा रोग सुख्खापन, हामीले प्रयोग गर्ने सामग्री केमीकल र कपालमा पर्ने चायाका कारण पनि हुन्छ । 

इक्जाइमा बाहेक नेपालमा अहिले चाया पोतो, लुतो जस्ता छाला रोगका समस्याहरू बढी देखिएका छन् । त्योसँगै सौन्दय सम्बन्धि कोठिहरू हटाउने, छालामा उम्रेको मासुहरू काट्ने जस्ता समस्याहरू देखिएका छन् ।

कहिलेकाहीँ छालामा देखिएका रोगहरूको बारेमा छुट्टाउन नसक्दा गलत औषधिहरूको प्रयोग हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

(डा.श्रेष्ठ छाला तथा यौन रोग विशेषज्ञको रुपमा बी एण्ड बी अस्पतालमा कार्यरत छन्)

Last modified on 2021-11-18 15:48:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts