पिसिएल नर्सिङको भर्ना  खुलाउने तयारीमा सिटिइभिटी 



Download our app to get more features

काठमाडौं,६ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पिसिएल नर्सिङको भर्ना खुलाउने तयारी गरेको छ । 

आइतबार शिक्षा मन्त्रालयमा बसेको बैठकले सिटिइभिटीको पिसिएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया अबको केहिदिन भित्र गर्ने निर्णय गरेको हो ।

सिटिइभिटीका सदस्य सचिव जीव नारायण काफ्लेका अनुसार आयोगको ऐनमा भएको व्यवस्था अनुसार १०० शय्या (बेड)का आफ्नै अस्पताल भएका नर्सिङ कलेजहरु जति छन् त्यति नै कलेजका लागि भर्ना खुल्ने छ । 

छलफलमा सिटिइभिटीका केही पदाधिकारीले कोभिड महामारीलाई कारण देखाउँदै सबै कलेजहरुले भर्ना पाउनुपर्ने माग समेत गरेका थिए ।

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायत मन्त्रालय, आयोग र सिटिइभिटीका अन्य  व्यक्तिहरु थिए।

Last modified on 2021-11-22 11:32:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts