पिसाब थैलीको जाँचका लागि गरिने युरो डाइनामिक्स के हो ? जानौं



Download our app to get more features

युरो डाइनामिक्स भनेको पिसाब थैलीको जाँच हो । नेपालको अवस्थामा यो जाँच कुनै नौलो होइन् ।

पिसाब थैलीको काम भनेको पिसाबको जम्मा गर्ने र अर्को पिसाब निकाल्नेमा मद्दत गर्दछ ।

पिसाब थैलीले पिसाब राख्न सक्छ कि सक्दैन र पिसाब फेर्दा पिसाब थैलीले कसरी काम गर्छ भन्ने कुरा थाँहा पाउन युरो डाइनामिक्स गरिन्छ ।

युरो डाइनामिक्स कसलाई गरिन्छ ?
युरो डाइनामिक्समा पिसाब थैलीले पिसाब कति जम्मा गर्न सक्छ, जम्मा गर्ने क्रममा कस्ता खालका समस्या आइपर्दछ, पिसाब जम्मा गर्ने क्रममा पीसाब चुहिन्छ कि चुहिदैन यी कुराहरूको जाँच गरिन्छ । 

अर्को बिरामीलाई पिसाब फेर्न लगाएर, पिसाब राम्रोसँग गर्न सक्छ कि सक्दैन । पिसाब फेर्दा कस्तो प्रेसर पर्छ,प्रेसर बढ्छ कि बढ्दैन भन्ने कुराहरुको जाँच गरिन्छ । 

युरो डाइनामिक्सको जाँच सबैलाई गरिदैन । विशेष खालका बिरामीहरूलार्ई गरिन्छ । 

यो पिसाब थैली र त्यो भन्दा मुनिका अङ्गहरूमा रोगहरूले उत्पन्न भएका लक्ष्यणहरूमा गर्ने गरिन्छ । 

लोओर युरीनरी ट्र्याक डिजीजका लक्ष्यणहरू के के हुन् ?

  • लोओर युरीनरी ट्रायाक पुरुष र महिला दुबैलाई हुनसक्छ । 
  • छिनछिनमा पिसाब फेर्न जार्नुपर्ने ।
  • रातिराति पिसाब फेरिरहनुपर्ने ।
  • पिसाबको धारो सानो हुने ।
  • पिसाब फेरिसकेपछि नी बाँकी भएजस्तो हुने । 
  • पिसाब गर्दा पेटको बल लगाएर गनुपर्ने ।
  • पिसाबमा पटक पटक इन्फेक्सन हुने  ।

युरो डाइनामिक्स कसरी गरिन्छ ?
युरो डाइनामिक्स गर्दा बिरामी अस्पतालमा भर्ना हुन पर्दैन । यो गर्नुभन्दा अगाडि पिसाबको फल्चहरू र २ दिनको बिरामीको पिसाबको लेखाजोखा चाइन्छ । 

यो जाँच गर्दा पिसाबको बाटो र मलद्वारमा एउटा एउटा सेन्सर राख्छौं । त्यो कम्युटरबाट जोडेर गरिन्छ । त्योबाट केहि रियाक्सनहरू आउनुपर्दछ । त्यो रियाक्सनअनुसार जाँच गरेर निष्र्कषमा पुग्छौं । 

युरो डाइनामिक्स गरे के फाइदा हुन्छ ?
पिसाब फेर्न नसकेका बिरामीहरूको युरो डाइनामिक्स गरिन्छ । त्यसले किन फेर्न सकिएन भन्ने कुरा थाहा हुन्छ । 

त्यस्तै पिसाब चुहिने बिरामीहरूको पनि युरो डाइनामिक्स गरिन्छ । त्यसले अपेसन गरेर फाइदा हुन्छ कि औषधि खाँदा फाइदा हुन्छ भन्ने कुरा थाहा हुन्छ । 

पिसाबको लक्ष्यण भएका बिरामीहरू औषधि खाइरहेका छन् । युरो डाइनामिक्स गरे त्यसले कतिको फाइदा पुर्याएको छ भन्ने कुरा थाहा हुन्छ ।

Last modified on 2021-11-23 20:12:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts