सिटिइभिटीले खुलायो पिसिएल नर्सिङमा भर्ना



Download our app to get more features

काठमाडौं,८ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्न खुला गरेको छ।

मंसिर २८ गतेभित्र आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सकिने सिटिइभिटीले जनाएको छ । 

सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ ।

उनले भने,"आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका छन्।"

सिटिइभिटीले  सबै कलेजमा गरी करिब १६०० सिट छुट्याएको छ । सिटिइभिटीले कलेजको नाम आफ्नो वेबसाइड राखेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts