कोरोना संक्रमण भएको बेला आईभीएफ गर्ने कि नगर्ने ? यसो भन्छिन् डा. शर्मा (भिडियोसहित)



Download our app to get more features

कोरोना महामारी सुरु भएपछि हरेक क्षेत्र प्रभावित भइरहँदा स्वास्थ्य क्षेत्र थप प्रभावित बन्यो । रोग नै नयाँ भएको हुँदा के गर्ने कसो गर्ने अन्यौलताकाबीच महामारी विरुद्धको लडाईंँ लड्दै आएका हामीले अब विस्तारै आफ्नो जीवनशैलीलाई सामान्य बनाउँदै लगेका छौं ।

यी सबकाबीच अभिभावक बन्न नपाएकाहरुको पनि आफ्नै पीडा छ । कोरोना महामारी सुरु भएपछि आईभीएफ गराउनेको संख्या कम भएको थियो । तर, अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।  

कोरोना महामारी र आईभिएफको त्यस्तो सम्बन्ध छैन । कोरोना भएको समयमा आईभिएफ गर्दैनौ तर कोरोना ठिक भएपछि आईभिएफ गर्न मिल्छ । 

कोरोना ठिक भएको ६ हप्ता पछि आईभिएफको उपचार सुरु गर्दछौ । यदि कोरोनाविरुद्धको खोप लगाएको अवस्थामा पनि हामीले ६ हप्ता वा ८ हप्ताको समय दिने गरिन्छ । 

कोरोना नयाँ खालको रोग हो । त्यसैले कोरोना खोप लिएको समयमा आईभिएफ नगर्न सुझाव दिने गर्दछौ किनकी यसको बारेमा राम्रो अध्ययन नभएकाले कस्ता खालको प्रभाव पर्छ भन्ने कुरा थाहा छैन । 

यदि कसैले आईभिएफको उपचार गराइरहेको छ र उसलाई कोरोना भएमा उ अन्य जस्तै नर्मल बिरामी नै हो । 

त्यसैले उसलाई अन्य सामान्य खालको गर्भवती महिलाहरुले गर्ने जस्तै कुराहरुमा ध्यान दिँदा हुन्छ । 

आईभिएफ विधि नै पहिलो रोजाई होइन । यो अन्तिम विधि हो । 

कुनै आईभिएफ सेन्टरहरुले जेनेटिक टेस्टका लागि स्याम्पल अन्य ल्याबहरुमा पठाउछन् । तर हाम्रोमा हामीले यहि नै जेनेटिक टेस्ट गर्दछौ । 

आफ्नै ल्याब हुँदा उपचारमा सहज हुन्छ । टेस्ट राम्रो हुन्छ । 

कुनै महिलाको दुई वटै ट्युब बन्द छ, डिम्बासयमा अण्डा नै छैन्, सबै उपचार गराउँदा पनि लामो समयमसम्म पनि बच्चा बसेन र कुनै श्रीमानको स्पर्मको मोडालिटि कम छ भने त्यो अवस्थामा आईभिएफ गर्नुपर्दछ । 

आईभिएफमा आत्तिनुपर्ने कुरा केहि छैन । यो एउटा सामान्य प्रक्रिया हो । कतिपय दम्पत्ति अनावश्यक तनाव मात्रै लिने गर्छन् । तर, त्यस्तो तनाव लिनुपर्ने कुरा केहि हुँदैन । 

आईभिएफ विधिबाट जन्मेका बच्चा अन्य बच्चा जस्तै हुन्छन् । गर्भवतिको समय पनि उस्तै र डेलिभरी पनि सामान्य नै हुन्छ ।

हेरौं भिडियोमा :

 

Last modified on 2021-11-28 07:25:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts