एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना जीन सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाउन निर्देशन



Download our app to get more features

काठमाडौं,१३ मंसिर । स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टीजेन परीक्षण पोजिटिभ आएका नमुनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै  विमानस्थल र नाकामा एन्टीजेन परीक्षण पोजिटिभ आएका नमुनाको जीन सिक्वेन्सिङका  प्रयोगशालामा पठाउन निर्देशन दिएको हो । 

सूचनामा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले नाकास्थि हेल्थ डेस्कहरुलाई पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भइरहेको भन्दै एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएका छन् । 

सीमा नाकामा थप सजगता अपनाउन नाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिँदै  एन्टीजेन पोजिटिभ आएका नमुनाहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि विभागले अनुरोध गरेको छ ।

Last modified on 2021-11-30 10:24:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts